नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/१२/१६ गतेको निर्णय अनुसार कोभिड-१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समिति अन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्नका लागि Covid-19 Crisis Management Center – Operation (CCMC-Ops) को स्थापना भएको थियो । मिति २०७७/०२/२८ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार उच्चस्तरीय समन्वय समिति बिघटन गरी माननीय उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा विभिन्न १० जना माननीय मन्त्रीहरु सदस्य रहेको कोभिड-१९ संकट ब्यवस्थापन संचालन केन्द्र (CCMC) निर्देशक समिति गठन गरिएको हो।
केन्द्रिय, प्रादेशिक र स्थानीय तहसम्म निजामति, सुरक्षा निकाय र सबै सम्बद्ध निकायहरु मार्फत यस केन्द्र ले Corona Virus विरुद्ध समन्वयात्मक रुपमा प्रतिकार्य संचालन गर्नेछ ।
कोभिड-१९ विरुद्धका सबै प्रकारका प्रतिकार्यहरू केन्द्रिय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै Stake Holders हरूको संयुक्त समूहहरू मार्फत एकीकृत रुपमा संचालन गर्ने।
CCMC-Ops ले Covid-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि व्यक्तिहरूको Tracking, Tracing र Testing गर्ने, Quarantine, Isolation, र Treatment गर्ने तथा आवश्यकता अनुसार मृतकहरूको शव व्यवस्थापन गर्न निम्न कार्य जिम्मेवारी दिइएको छ ।
CCMC-Ops ले मुलभुत रुपमा निम्न ४ Operation (Branch) हरु बाट आफ्नो कार्य सम्पादन गर्दछः